शनिबार, बैशाख १५, २०८१

एसइई परीक्षाको सबै तयारी पूरा,५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं बैशाख ८,
शुक्रवारबाट देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात [एसइई]को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि २०७६ र २०७७ मा सिर्जित कोभिड महामारीका कारण माध्यमिक शिक्षा परीक्षा प्रभावित भएसंगै विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले एसइईको परीक्षा फल सार्वजनिक गरेको थियो ।

तर यसवर्ष कोभिड जोखिम न्यून भएसंगै स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुन लागेको हो । त्यस्तै बोर्डले परीक्षाका लागि सवै तयारी पूरा भएको र परीक्षाको लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका सबै सामग्री जिल्ला–जिल्ला पुगिसेको जनाएको छ।

साथै यसवर्ष देशभर २ हजार ७ परीक्षा केन्द्र मार्फत नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुदै गरेको जानकारी दिएको छ।