शनिबार, बैशाख १५, २०८१

मल्लले विधान विपरीत के काम गर्यो खुलाउन काँग्रेस जनको प्रश्न ?

काठमाडौं बैशाख १४,

नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य नेता कर्णबहादुर मल्ललाई साधारण सदस्यबाट निष्काशन गरेको छ ।प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो ।

त्यस्तै पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा विधान विपरीत मल्लले के काम गरेका विषय नखुलाएपनि डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ [संशोधनसहित] विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको उल्लेख गरिएको छ।