शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ महानगर प्रमुखका लागि ९ जना स्वतन्त्र उम्मेदवार सहित १६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं बैशाख ११,
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा ९ जना स्वतन्त्र उम्मेदवार सहित राजनीतिक दलको तर्फबाट सात जना गरि १६ जनाले उम्मेदवारी दर्ता गराएको छ ।

राजधानीको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुखको लागि १६ र उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको हो ।
यस्तै महानगरका विभिन्न वडाका लागि १३ जना वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसवीचमा आज कुनै पनि ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता नगराएको र ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दतौ गराउने भएको छ।

आज महानगर प्रमसखको लागि उम्मेदवारी दर्ता गराउनेमा कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै स्वतन्त्ररुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।