शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेस महानगर वडा न १९ मा श्रेष्ठको नेतृत्वमा लाग्यो उम्मेदवारको टुङ्गो

काठमाडौं बैशाख ११,
काठमाडौं काँग्रेस क्षेत्र न ८ ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिका वडा न. १९ का लागि नेपाली काँग्रेसको तर्फबाट राजेश श्रेष्ठको नेतृत्वमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्राप्त जानकारी अनुसार शनिवार बसेको क्षेत्रीय समितिको बैठकले तल्लो तहबाट प्राप्त उम्मेदवारी सिफरिस अनुरुप वडा न. १९ अध्यक्षका लागि क्षेत्रीय सभापति समेत रहेका श्रेष्ठको नेतृत्वमा चन्द्रमान डंगोल, रेणु शाही, रञ्जिता परियार र दिनेमान जोशीको नाम अनुमा्ेदन गरेको हो ।

महानगर वडा न १९मा यसअघि नेपाली काँग्रेसको तर्फबट शशिलाल श्रेष्ठले बहुमत सहित निर्वाचित हुँदै जनसेवामा समर्पित हुँदै आएको थियो । तर पछिल्लो कार्यकालको उत्तराद्धमा श्रेष्ठको असामयिक निधन भएसंगै नयाँ नेतृत्वको खोजी भएको हो।

त्यसो त आसन्न स्थानीय निर्वाचनका लागि सिफारिस भएका राजेश श्रेष्ठ २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुँदै जनअनुमोदित भइसकेका अनुभवी अनुहार भएको वडा न. १९ का स्थानीयको जनाउ रहेको छ। साथै वडा सदस्यमा डंगोल, शाही र परियार यसअघिको कार्यकालमा पनि वडा सदस्यको जिम्मेवारीमा रहेको थियो भने जोशी भने नयाँ अनुहारको रुपमा प्रवेश गरेका छन ।

यसैवीच क्षेत्रीय समितिको बैठकले वडा न १३मा सुरेन्द्र मानन्धर, वडा न. २०मा राजेन्द्र मानन्धर, वडा न. २३ मा उत्तम मानन्धर र वडा न. २४ मा विनोद राजभण्डारीको उम्मेदवारीलाइ अनुमोदन गरेको थाह भएको छ।