शुक्रबार, बैशाख १४, २०८१

आफ्नो मतको महत्व सहित अमूल्य मताधिकार प्रयोग गर्न प्रमुख आयुक्त थपलियाको अपिल

काठमाडौँ बैशाख १,
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न स्थानीय तह निर्वाचनमा
सम्पूर्ण बालिग मतदाता एवं देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह गर्नु भएको छ ।

त्यस्तै प्रमुख आयुक्त थपलियाले जारी गर्नुभएको सन्देशमा स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाई आग्रह गर्नुभएकोछ ।

साथै नयाँ वर्षको सुरुआतसँगै नागरिकलाई घरदैलोमै सेवा पु¥याउने तथा जनताको नजिकको सरकार भनेर चिनिने ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने यो अवसरलाई सबै मतदाताले आफ्नो मतको महत्व बुझेर अमूल्य मताधिकार प्रयोग गर्न म सम्पूर्ण मतदातासमक्ष अपिल गर्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।