बिहिबार, बैशाख १३, २०८१

यस्तो छ नव वर्ष वि.सं.२०७९ सालको वार्षिक राशिफल

काठमाडौं बैशाख १ ,
विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष विसं २०७९ साललाई स्वागत गर्दै अहिले नयाँ वर्ष २०७९ शुभकामना आदन प्रदान सहित सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् ।

यसै सन्दर्भमा नयाँ वर्ष २०७९ शुरुभएसंगै आमसर्वसाधारणहरूको नयाँ वर्षप्रति रुची, चासो र ध्यान विशेष हुनुको पछाडि राशिफल पनि एउटा कारण हो । सूर्यले ३६० डिग्रीको यात्रा सकेर पुनः शुन्य डिग्रीबाट यात्रा तय गर्ने दिनबाट शुरु हुने वर्ष भएको हुनाले पनि अन्य संवत्का वर्षमा भन्दा वि।सं। को नयाँ वर्षको तात्त्विक भिन्नता र महत्त्व रहेको पाइन्छ । यस प्रकारको वैज्ञानिकता अन्य संवतका वर्षमा पाइदैन पनि ।

यसै सन्दर्भमा राशिफल एवं विभिन्न सफल भविष्यवाणी गरी चर्चित बनेका ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अपलोड गर्नु भएको वार्षिक राशिफल यहाँहरूको सुविधालाई मध्यनजर गरी यहाँ प्रस्तुत गरेका छौं ।

ज्यो. सुवेदीका ज्योतिषीय फलादेश एवं प्रस्तुति यस कारणले पनि मननीय मानिन्छन् कि उनले मान्छेलाई बढी सावधानी के मा हुन जरुरी छ त्यसको बारेमा बढी फोकस गरेका हुन्छन् । राम्रो राम्रो नै छ, जुन कुरा नबताए पनि सेवाग्राहीलाई हानी हुँदैन, तर नराम्रो के छ त्यो बताइयो भने सम्बन्धित व्यक्ति नराम्रोप्रति सावधान हुनसक्छ र हुने नोक्सानीबाट बच्नसक्छ भन्ने सोच वोको ज्यो। सुवेदीका ज्योतिषीय फलादेश आफैमा सकारात्मक रहेको छ ।
राशिफलको भिडियो हेरेर जानकारी, लाभ र आवश्यक सावधानी लिनसक्नु हुनेछ :