शुक्रबार, बैशाख १४, २०८१

हरियो रङको मतपत्र छाप्ने निर्णय प्रति एमाले अध्यक्ष ओलीको आपत्ती

काठमाडौं फागुन २५,
नेकपा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्र छाप्ने निर्णय प्रति आपत्ति जनाउनुभएको छ ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले आसन्न् स्थानीय तअको निर्वाचनमा हरियो रङको मतपत्र छाप्ने निर्णय गरेको मिडियमा मार्फत आफुले जानकारी पाएको तर आयोगले कुन आधारमा हरियो रङको मतपत्र छाप्ने निर्णय गरेको हो भन्ने प्रश्न गर्नुभयो ।

त्यस्त्ै उहाँले “निर्वाचन आयोगले मत पत्रमा हरियो रङकोमत पत्र राख्ने “सबैतिर रुखैरुख देखून् भनेर हरियो रङ राख्न खोजेकोहो भने यो निर्णय तत्काल सच्याउनुपर्ने बताउनुभयो ।

स्मरण रहोस,  मतपत्रको आयोगले मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै आयोगले मतपत्रको मसी परिवर्तन गर्दै हरियो रङको मसीले छपाइ गर्ने निर्णय भएको जानकारी दिएको छ।