शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ, बसन्तपुरमा फागुपूर्णिमाको उल्लास

काठमाडौं चैत ३ ,
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने रङ्गको पर्व फागुपूर्णिमा आज मनाइएको छ । को रुपमा मनाइने होली पर्व मुलत वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक आपसमा विनोदपूर्ण वातावरणमा विभिन्न रङ दलेर मनाउँने गर्छन ।

यसैक्रममा राजधानीको बसन्तपुर दरवार क्षेत्रमा आज विगतको भन्दा फरक तरिकाबाट होली मनाईएको छ । यसअघिका वर्षमा विश्वव्ययापी फैलिएको कोभिड कहरका कारण होली पर्व मनाउने क्रममा त्यती मनमौजी नभएको यस वर्ष कोभिड संक्रमणको घट्दो रफ्तारसंगै राजधानीको बसन्तपुर दरवार परिसरमा फरकपन सहितको होली पर्व मनाइएको हो ।

कोभिड उन्मुक्त वातावरणमा बसन्तपुरमा जम्मा भएका युवापिढींले होली पर्वको स्वागतार्थ रङ र अविर दल्दै मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली पर्व मनाइएको छ ।