शुक्रबार, बैशाख १४, २०८१

महानगर वडा न-१९ का विभिन्न चोक र टोल-टोलमा फायर हाइड्रेन्ट’

काठमाडौं फागुन २७,
सतर्कता र सावधानीका वावजुद पनि सामान्यतया सुक्खा र गर्मीको मौसममा हुने आगलागी जोखिमलाई दृष्टिगत गर्दै पछिल्लो समय काठमाडौं महानगरका भित्री वडाहरुमा जहाँ दमकल प्रवेश गर्न नसक्ने एरियाहरुमा आगलागीबाट हुन सक्ने   जनधनको क्षतिलाइ समयमानै न्यूनिकरण गर्ने लक्ष्यअनुरुप विभिन्न स्थानमा ‘फायर हाइड्रेन्ट’ को व्यवस्था गरिएको छ।

 आगलागीको समयमा दमकलले पानी भर्न मिल्नेगरी जडान गरिएको प्रविधि अर्थात ‘फायर हाइड्रेन्ट’ मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान गरेको महानगर वडा न। १९ का विभिन्न चोक र टोलमा धमाधम राख्न थालिएको कामपा वडा न १९ का सदस्य चन्द्रमान डंगोलले बताए  ।   साथै सदस्य  सदस्य डंगोलले आफ्नो  वडा क्षेत्रमा  भित्रत्री चोक र गल्लीमा   हुन सक्ने  आगलागीको  जोखिमलाइ  दृष्टिगत गर्दै वडा समितिले  पछिल्लो समय ‘फायर हाइड्रेन्ट’ जडानकोको कार्यलाइ अभियानको रुपमानै अगाडी बढाएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिएके ‘फायर हाइड्रेन्ट’ प्रविधि सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण संगै कुनै पनि विपतको समयका लागि निकै महत्वपूर्ण मानिन्छ । यो प्रविधिको माभ्यमबाट हुन सक्ने आगलागी जोखिमसंगै जन धनको क्षतिलाइ समयमानै नियन्त्रणमा लिन सकिने विज्ञहरुले बताएका छन ।

 साथै हामीसंगेको  कुराकानीको क्रममा  वडा  सदस्य डंगोलले भने –  आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महत्वपूर्ण  हुने भन्दै आगलागीका संभावित कारण मध्ये चुरोटका ठुटा र सलाइका काँटी फाल्दा विशेष ध्यान दिने, खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने, घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिँड्ने, सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने, मैनबत्ती र धुप बाल्दा विशेष सतर्क हुने, राम्रो गुणस्तरको विद्युतीय सामग्री मात्र प्रयोग गर्ने, बिजुलीबाट हुने गडबडी कम गर्न वायरिङ राम्ररी गर्ने  , ग्याँस सिलिन्डर र मट्टीतेलजस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्ने, आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउनेलगायतका उपाय अपनाउन समेत  वडा वासीलाइ आग्रह गरेका  छन।