बिहिबार, बैशाख १३, २०८१

मानव स्वास्थ्यमाथि लापरवाही गर्ने औषधि कम्पनीको अडिट हुँदै

श्रीजन झा /काठमाडौं फागुन २७ ,
औषधि व्यवस्था विभागले पछिल्लो समय ५ वटा औषधि कम्पनीको अडिटकालागि टोली खटाउने अन्तिम तयारी गरेको छ। विभागले यसपटक अडिटका लागि टोली पठाउन लागेको ५ औषधि कम्पनीमा भारतीय औषधि उत्पादक कम्पनी यु मेडिका सहित २ पूराना कम्पनी र स्विस प्यारेन्टल, डियुटा सहितका ३ नयाँ औषधि कम्पनी रहेको थाहा भएको छ। यसमध्ये विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको उत्पादनमा गम्भीर समस्या देखिएसंगै केहि महिना अघिमात्र उक्त कम्पनीको औषधि नेपाल आयातमा रोक लगाएको थियो ।

मानव स्वास्थ्यका लागि गम्भीर सबै औषधि नेपाल मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि र औषधि जन्य सम्पूर्ण क्रियाकलापको नियमन गर्दै तमाम जनताको संविधानले नै प्रत्याभूत गरेको स्वच्छ तथा गुणस्तरिय औषधि सेवन गर्न पाउने मौलिक अधिकारको रक्षा गर्ने दायित्व वोकेका नियमक निकाय औषधि व्यवस्था विभागले युमेडिकाले नेपालमा बिक्रि गर्दै आएको युझोलिन–१००० औषधिमा गम्भीर लापरबाही भेटिएसंगै यस कम्पनीको तर्फबाट उत्पादित सवै औषधिमा रोक लगाएको हो ।

यस समाचार पोर्टलमा महाराजगञ्ज शिक्षण् अस्पतालस्थित  सोविका फर्मा स्यिुटिकल्समा युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि युरोक्झीम–७५० राखेर बिक्रि वितरण गरेको विस्तृत समाचार प्रकाशन गरेको थियो ।

त्यसलगत्तै  युझोलिन–१००० भेटिएको गम्भीर लापरवाइको सवालमा औषधि व्यवस्था विभागले उक्त कम्पनीको उत्पादनमा रोक लगाउनुको अलावा  युमेडिकाको एउटा उत्पादनको लाइसेन्स समेत रद्द गरेको आज सात महिना पनि वितेको छैन । तर फेरि पनि मानव स्वास्थ्यमाथि लापरवाही गर्ने कम्पनीको  अडिटका लागि विभाग हौसिएको विषय आफैमा गम्भीर रहेको औषधि विज्ञहरुको कथन रहेको छ ।

स्मरण रहोस, युमेडिकाको सवालमा समाचार प्रकाशित   भएको केहि समयमा नै विभागका तत्कालीन र हाल मौजुदा महानिर्देशक भरत भटटराइलाइ महनिर्देशकको जिम्मेवारीबाट हटाउँदै विभागमा यसअघिका महानिर्देशकको जिम्मेवारीमा रहेका नारायण ढकाललाइ ल्याइएको थियो ।

तत्कालीन महानिर्देशक  भट्टराइको कार्यकालमा  भएको युझोलिन–१००० औषधि प्रकरण  अन्र्तगत युझोलिन १००० नामको इन्जेक्शनको वत्तामा युरोक्झीम ७५० नामको अर्को v30041 एउटै ब्याच न को दुइ फरक मोलेक्यु सहितका  इन्जेक्शन  भेटिएसंगै त्यसलाइ सामान्य मानवीय कमजोरी मान्न नसकिने जनाउ सहित उक्त औषधिको बिक्रि वितरण तत्काल रोक्न नेपालका लागि आधिकारिक आयातकर्ता रहेको फर्मा डाइनामिक प्रालिलाई फिर्ता गर्न निर्देशन दिए पनि ठोस कारवाही नभएको भन्दै सर्वत्र विभागीय कदमको आलोचना भएपछि विभागले सुक्ष्म अध्ययन सहित कारवाही कदम चाल्दै युमेडिकाको कैफियत देखिएको औषधिको विक्रि वितरणमा तत्कालाइ रोक लगाउँदै बाँकी उत्पादनको लाइसेन्स समेत निलम्बन गरिएको थियो ।

इजेक्शनको मोलेक्यु नै फरक रहेको एक इन्जेक्शनको वत्तामा अर्को इन्जेक्शन राख्दै बजारम विक्रि वितरणका लागि पठाउँदै मानव स्वास्थ्य संग खेलवाद गर्ने औषधि व्यवसायी संघका केन्द्रीय सदस्य समेत रहेका भारतीय औषधि कम्पनी युमेडिकाका लागि नेपालका आयातकर्ता सिजन भटटराइसंग यस विषमा प्रतिक्रिया माग्दा उहाँले त्यसवेला यसविषयमा आफु अनभिज्ञ रहेको दावी सहित आफुले पनि कम्पनीमा बुझ्दै गरेको  र सोको जानकारी आएपछि थप कुरा गर्ने भन्दै कुनै खासै प्रतिक्रिया दिन चाहेनन । तर आज अडिटका लागि प्रतिक्षामा रहेका दर्जनौ कम्पनीको प्राथमिकता क्रम मिच्दै कारवाही भएको छोटो समयमा नै युमेडिका कम्पनीको अडिटको चाँजो पाँजो दवाव र प्रभावका कारण विभागीय अधिकारीले सिघ्रातिशिघ्र मिलाएको विभागीय स्रोतले जनाएको छ।

साथमा यो पनि: