शनिबार, बैशाख १५, २०८१

चीनका विदेशमन्त्री वाङ यी नेपाल आउँदै ,उच्चस्तरीय सुरक्षा व्यवस्था सहित सबै तयारी पूरा

काठमाडौँ चैत ११,
३ दिने नेपालको औपचारिक भ्रमणका लागि आज चीनका विदेशमन्त्री वाङ यी नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन नेपाल आउँन लाग्नु भएका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा उच्चस्तरीय सुरक्षा व्यवस्था सहित सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नुहुने जनाउँदै मन्त्रालयले विदेशमन्त्री वाङको भ्रमणको क्रममा हुे औपचारिक र अनौपचारिक कार्यक्रम जक्सन देखि आवत जावत मार्गमा समेत विशेष निगरानीसहितको सुरक्षा सतर्कताको व्यवस्था गरिएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणको क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा। खड्कासँग उहाँले द्विपक्षीय भेट सहित द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने मन्त्रालयले जाएको छ। साथै यसवीचमा दुइ देशवीच केही नयाँ सम्झौता र सहमतिको तयारी पनि रहेो थाहा भएको छ।

त्यस्तै गरि विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग समेत विशेष भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।