शुक्रबार, चैत्र १६, २०८०

दुई दशक अघिको साझा सपनालाइ सामुहिक प्रयत्न मार्फत सार्थक बनाउँन सफल भएका छौं : प्रमुख शाक्य

काठमाडौं चैत ११,
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका वडान. १५ स्वयम्भू भूइँखेलमा आज भन्दा दुईदशक अघिको अवधारणा कार्यान्वयन गर्दै निर्माण गरिएको धर्मचक्र पार्क तथा पुलेस्वाँ अर्थात कमल पोखरीको उद्घाटन भएको छ ।

पार्क उद्घाटन पछि बोल्दै प्रमुख शाक्यले काठमाडौँलाई मानिसको बसोबास योग्य सांस्कृतिक सहर बनाउन लिएका नीति र बनाइएका कार्यक्रम क्रमशः सम्पन्न हुँदै गएको बताउँदै यसवीचमा बनाइएका नीति र कार्यक्रम अन्र्तगत साझा सपनालाइ सामुहिक प्रयत्न मार्फत सार्थक बनाउँदै विकासका उपलब्धीलाइ आत्मासात गर्न महानगर सफल भएको र यसको ताजा अपडेट भनेको पार्क र पोखरीको शुभारम्भ भएको बताउनुभएको छ।

त्यस्तै कार्यक्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठ , महानगरकी उपप्रमुख महानगरका प्रवक्ता ईश्वरमान डंगोल लगायतले वोल्नु भएको थियो ।

करिब १ करोड रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी निर्माण भएको हो । यसको सौन्दर्य तथा हरियाली प्रवर्धन गर्न महानगरले थप १ करोड रुपैयाँ विनियोजन गरेको छ । पार्कमा ३५ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिएको छ । पार्क उद्घाटनसँगै झण्डा पनि फहराइएको थियो ।