शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमणका कारण हालसम्म ११ हजार ९५० जनाले ज्यान गुमाए

काठमाडौं चैत २
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ४१ जना गरि ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै यसवीचमा २१३ संक्रमित संक्रमण मुक्त भएको जाउदै मन्त्रालयले पछिल्लो समय संक्रमण दर घट्दै गएको पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभएको छ। साथै पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या चार हजार ५७४ रहेको छ भने संक्रमणका कारण ११ हजार ९५० जनाले ज्यान गुमाएको जानकारी दिएको छ।