बिहिबार, बैशाख १३, २०८१

आसन्न निर्वाचन नेकपा माओवादीको लागि ‘लाइफ एण्ड डेथको प्रसंग हो : प्रचण्ड

काठमाडौं चैत २
नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले आज राजधानीमा आयोजा गेको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा वोल्दै पार्टी अध्यक्ष ‘प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताउँदै जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताउँनुभएको छ।

त्यस्तै उहाँले आफु नेतृत्वको पार्टीले जालझेल र षड्यन्त्र गर्न नसकेपनि जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ भन्दै अवको निर्वाचन नेकपा माओवादीको लागिलाइफ एण्ड डेथ अर्थात जीवन मरणको सवाल भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलुकमा पनि साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई दलिए पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको दावी प्रस्तुतु गर्दै त्यसका लागि देशी विदेशी प्रतिक्रियावादीको चलखेल भइरहेको बताउनुभयो । प्रशिक्षणमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायत सहभागी रहेका छन ।