शनिबार, बैशाख १५, २०८१

आपराधिक बिश्वासघात तथा ठगी कसूरमा संलग्न श्रेष्ठ पक्राउ

अभद्र व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं चैत ८,

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका (१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गर्दै  आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

यसैवीच महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं महानगरपालिका-२० कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक जना नाबालकलाई सार्वजनिक स्थानमा हातपात सहति अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(२१ का अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय सुमन नेपाली र १६ वर्षीय किशोर रहेका छन् ।
प्रहरीक अनुसार होलीमा भएको विवादलाई पुनराबृत्ति गरी भोटेवहाल बस्ने केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको सूचना प्राप्त हुनासाथै महानगरीय प्रहरी कन्ट्रोल कक्ष र क्विक रेस्पोन्स टिमबाट खटिएको प्रहरीले पीडितहरुलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाले प्रहरीले पक्राउ गरेको हो