शनिबार, बैशाख ८, २०८१

सत्ता गठबन्धनका शीर्ष नेतृत्ववीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल

काठमाडौँ  चैत ८,

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलको क्रममा मौजुदा मन्त्रीपरिषदको पुर्नगठन देखि आसन्न स्थानीय तहको निर्वाचन केन्द्रीत लगायतका समसायिक विषयमा छलफल भएको छ।

छलफलको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा नेकपा एसका अध्यक्ष माधव नेपाल वीच करिब एक घण्टा छलफल भएको हो । यस्तै छलफलको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपाङ्ग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण समेत गराएको थाहा भएको छ।