बिहिबार, बैशाख २७, २०८१

प्रतिपक्षी एमाले र सत्ता गठबन्धनकै सासंदहरुको नारावाजीका वीच संसद बैठकमा एमसिसी टेवल

काठमाडौ फागुन ८ ,
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी आज बसेको संसद् बैठकमा टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसिसी संसद्मा अनुमोदनका लागि टेबल गर्ने विषयमा भएको सहमति अनुरुप संसदमा टेवल गर्नुभएको हो ।

संघीय संसदसचिवालयले शनिवार अवेर साझ सार्वजनिक गरेको संसद बैठकको संभावित कार्यसूचीमा एमसिसी सम्झौता टेलव गर्ने कुनै कार्यसूची उल्लेख गरिएको थिएन । यद्यपी आजको बैठकमा उक्त सम्झौता टेवल हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल एमाले संगै सत्ता गठबन्धनकै दल क्रमस माओवादीका नेताले आपत्ति सहित नाराबाजी गर्नुभएको थियो ।