बिहिबार, बैशाख २७, २०८१

एमसीसी टेबुल भएसंगै बानेश्वर क्षेत्रमा जारी आन्दोलन उग्र बन्यो ,प्रदर्शकारी र प्रहरीवीच झडप , दर्जनौ घाइते

काठमाडौ फागुन ८ ,
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी संसद्मा अनुमोदनका लागि टेबल गर्ने विषयमा भएको सहमतिभएसंगै आज बस्ने प्रतिनिधिसभा बैठकमा  सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबुल गर्नुभएको छ ।

यसैवीच सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नगरि एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा जारी आन्दोलन थप चर्किएको हो ।

संसद बैठकमा एमसीसी संसद्‍मा टेबलभएसंगै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काउँदै चर्का नाराबाजी सहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्न थालेपनि भएको प्रहरी हस्तक्षेपसंगै प्रदर्शकारी र प्रहरीवीच झडप भएको छ। झडपका क्रममा क्रममा दर्जनौँ घाइते प्रदर्शनारसिंगै प्रहरीपनि घाइते भएको बताइएको छ । सत्तासाझेदाल दल माओवादी केन्द्र र नेपा एसका भ्रातृ संगठन संगै राप्रपका ार्यकताको पनि व्याप उपस्थिती रहेको छ ।