बुधबार, बैशाख २६, २०८१

प्रम देउवाले भने- एमससीसी सम्झौता पास हुन्छ

प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, प्रचण्ड र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ

पास गर्ने कुरामा हाम्रो समर्थन छैन :  नेपाल  

काठमाडौ फागुन ८ ,
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा अमेरिकी सहयोग परियोजना एमसीसी अब पास हुने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसी टेवल हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल एमाले संगै सत्ता गठबन्धनकै दल क्रमस माओवादीका नेताको नाराबाजी र अवरोधकावीच सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसिसी संसद्मा अनुमोदनका लागि टेबल गर्ने विषयमा सहमति कायम गरेको थियो । त्यस्तै उहाँले भने – यो प्रस्ताव  काँग्रेस सरकारको भनेर आलोचना गर्नु पूर्व आज सरकारले टेबल प्रस्ताव गरेको एमसिसीको तत्कालीन नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज भएको बताउँदै प्रस्तुत प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत  गर्नुपर्छ,’ भन्दै प्रम देउवाले यदि प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, प्रचण्ड र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ।  

प्रम देउवाको प्रस्तुत अभिव्यक्ति लगत्तै सत्तासाझेदाल दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘पास गर्ने कुरामा हाम्रो समर्थन नभएको जनाउ दिनुभएको हो । स्मरण रहोस स्मरण रहोस सत्तारुढ ४ दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको हो