सोमवार, बैशाख २४, २०८१

१८ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मप बैठकको निर्णय

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा 

काठमाडौं फागुन ६,
फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन मन्त्रालयको प्रस्तावमा गरेको ११ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिुनभएको छ।

त्यस्तै सरकारका प्रवक्ता कार्कीले अर्थमन्त्रालयको प्रस्तावमा राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिकको अध्यक्षमा गङ्गाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय संगै नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय र नेपाल धिलोपत्र बार्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरिएको जानकारीदिनुभयो ।

 

साथै उहाँले सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय भएको जानारीदिनुभयो त्यस्तै नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को अनुसूची–१ हेरफेर गर्ने, र श्रमिक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारीदिनुभयो ।

 प्रवक्ता कार्कीले ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि २०२१–२४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपीक्षय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय संगै औषधि दर्ता [चौथो संशोधन] नियमावली, २०७८ स्वीकृत गर्ने र नेपाल मेडिकल काउन्सिल [पाँचौं संशोधन] नियमाली, २०७८ स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताउनुभयो।