सोमवार, बैशाख २४, २०८१

संसद बैठकमा आज पनि एमालेको अवरोध अर्को बैठक फागनु ८ मा

काठमाडौं फागुन ६,
आज बसेको प्रतिनिधि सभा बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध कायम रह्यो , यद्यपी प्रतिपक्षीदलको विरोध र नारावाजीका वीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ।व। २०७७र७८ पेश गर्नुभएको छ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा सो पेश सम्झौता पेश नभएपनि बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सहित संसद बैठक अवरुद्ध गरेको थिए ।

त्यसलगत्तै अर्को बैठक फागनु ८ गते आइतबार दिनको १ बजे बस्ने जानारी सहति सभामूख अग्नि सापकोटाले बैठक स्थगन गर्नु भएको जानकारी गराउनुभयो ।