सोमवार, बैशाख २४, २०८१

सरकारका प्रवक्ता कार्कीले भने- एमसीसी टेबल गर्ने वा नगर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ

काठमाडौं फागुन ६,
एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउने लक्ष्य सहित सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भसेको बैठक निष्कर्ष विहान भएको छ । बैठकमा एमसीसी अनुमोदनको सवालमा घनिभुत छलफल भएपनि नेताहरुको आआफ्नै अडानका कारण बैठकले त्यस्तो कुनै ठोस निर्णय गर्न सकेको छैन ।

यद्यपी बैठकपनि सरकारका प्रवक्ता समेत रहेका तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबल गर्ने वा नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने सहमति सहित बैठकले कार्यव्यवस्था परामर्श समितिलाइ अख्तियारी दिएको बताउनुभयो ।

साथै उहाँले आजकोबैठकको नै निरन्तरता स्वरुप पुन आइतवार सत्तासाझेदार दलको बैठक बस्ने र सहामतिाृ प्रयास गरिने जानकारी दिदै बैठक सकारात्मक रूपमा अघि बढेका जनाउ दिनुभयो ।