बिहिबार, बैशाख १३, २०८१

स्थापना दिवसको अवसरमा रक्तदान

काठमाडौं फागुन ६,

नेपाल औषधि थोक व्यवसायीसंघले आफ्नो ५ औं स्थापना दिवसकोअवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिका वडा न १७का अध्यक्ष नविन मानन्धरले सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको जिकिर गर्दै आफ्नो वडामा औषधि व्यवसायीहरुको साझा संस्था पिडानले रक्तदानको कार्यक्रम गर्दै समाज सेवाको अग्रणी नमुना प्रस्तुत गरेको बताउनुभयो ।


त्यस्तै  पछिल्लो समय रक्तभावको अवस्थालइ दृष्टिगत गर्दै प्रत्यक्ष मानवीय सेवामा समर्पित हुने लक्ष्य सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका केन्द्रीय अध्यक्ष शिव वास्कोटाले बताए । साथै उहाँले आज संघको देशभर रहेका प्रदेश र जिल्ला समितिमा पनि विभिन्न रचनात्म कार्यक्रम सहित स्थापना दिवस मनाइरहेको जानकारी दिनुभयो ।