बुधबार, बैशाख २६, २०८१

सभामुख सापकोटा विरुद्ध प्रदर्शन

काठमाडौ फागुन ३,

नेकपा एमालेको युवा संगठन युवा संघले सडकमा सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य सहित सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित सडकमा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरको हो।

प्रदर्शनको क्रममा युवा संघ समर्थित कार्यकर्ताले गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे, हत्यारा सभामुख राजीनामा दे’ लगायतका नारावाजी समेत गरेका थिए ।