बुधबार, बैशाख २६, २०८१

मुलकको पछिल्लो राजनैतिक घटनाक्रम केन्द्रीत हुँदै कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं फागुन ३,
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार दर्ता गरेको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

यो समाचार तयार पार्दैको अवस्थामा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरु भएको जानकारी दिदै जारी बैठकमा कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाको विषयमा जानकारी गराउँदै संसदमा खेल्ने भूमिकाबारे निर्देशन दिने कार्यसूची रहेको जनाएको छ।