बिहिबार, बैशाख २७, २०८१

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने संभावना बढ्यो

काठमाडौं फागुन ३,

सभामुख अग्निप्रसाद सापकोटाले सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने संभावना बढेको छ। यसअघि सरकारले एमसिसी सम्झौता सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले चाहना नदेखाएका कारण अलपत्र पर्दै आएको उक्त सम्झौताका विषयमा सर्वदलीय बैठकमा दलहरुको तर्फबाट आएको प्रतिक्रिया पछि सभामुख सापकोटा लचिलो भएको हो ।

बैठकमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा [एकीकृत समाजवादी]ले सदनबाट एमसिसी अघि बढाउनुपर्ने तर्क सहित गरेका थिए।सदनमा लगेपछि सांसदले आ–आफ्नो धारणा राख्ने र त्यसलाई निर्णायक प्रक्रियामा लैजान सकिने जनाउ दिएको थियो ।

त्यस्तै एमसिसी टेबुल भएपछि एमालेले पनि समर्थन गर्ने संभावना देखिएको छ। साथै बैठकपछि सभामुख सापकोटाले एमसिसी अघि बढ्ने संकेत देखाउँदै एमासिसीबारे आफू निर्णायक नभए पनि यस मामिलामा आफू खुला रहेको प्रतिक्रिया दिएसंगै सम्झौता टेवल हुने संभावना देखिएको हो ।  प्रस्तुत संभावना सकारात्मक बनेको अवस्थामा बुधवार बस्ने संसद बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा एमसिसी टेबुल गनुृहुने छ ।