बुधबार, बैशाख २६, २०८१

एमसिसीका पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिने प्रम देउवाको विश्वास

काठमाडौ फागुन ३,

सत्तारुढदल नेपाली काँग्रेसको आज बसेको संसदीय दलको बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेको आधारमा फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल हुने विश्वास व्यक्त गर्दै एमसिसीका पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिने विश्वास व्यक्त गर्नुभएको छ।

एमसीसीसम्बन्धी प्रस्ताव तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदबाट पारित गरेर २०७६ साल असार ३० गते संसदमा दर्ता गराएको हो ।

त्यस्तै सम्बोधनको क्रमम उहाँले हामी तत्कालीन ओली नेतृत्वको सरकारले संसद्‍‍मा दर्ता गराएको एमसीसी प्रस्ताव पारित गर्नुपर्‍यो भनेर भन्दै गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक भने काग्रेस नेतृत्वको सरकारले संसद्‍मा एमसिसी अनुमोदन गर्ने षडयन्त्र गरिरहेको जनाउ दिदै हिड्न थालेको भन्दै यस्तो दुगुला चरित्रको भत्सना समेत गर्दै काँग्रेस सत्तामा रहदा वा प्रतिपक्षीमा बस्दा जहिले पनि एकै विचार व्यक्त गर्ने निष्ठावान पार्टी भएको र काँग्रेस कहिले पनि आफ्नो कर्तव्यबाट च्युत नहुने बताउनुभएको प्रधानमन्त्री देउवाको लाभनाइ उद्धृत गर्दै पार्टी महामन्त्री समेत रहेका सासद गगन थापाले बताउनुभयो ।

त्यस्तै नेता थापाले आजको बैठकले प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्नका लागि काँग्रेसले हस्ताक्षरकर्ताबाहेक अन्य दलसँग संवाद र अनुरोध गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।