बुधबार, बैशाख २६, २०८१

नेपालमा अझै १९ हजार चार सय जनामा कोभिडको सक्रिय सङ्क्रण , २ को मृत्यु

काठमाडौं फागुन ३ ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जना गरि ६८० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा १८ सय ३५ जना सङ्क्रमणमुक्त भएको जनाउनुको अलावा यसअवधीमा २ जनाको मृत्यु भएको र योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०२ सय पुगेको जानकारी दिएको छ।

साथै नेपालमा हाल १९ हजार चार सय जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।