शनिबार, बैशाख २२, २०८१

खोप छानबिन प्रतिवेदन : आधा लाख भन्दा बढी मात्रा खोप वेस्टेज , ९ स्थानीय विवरण बुझाएन

काठमाडौं फागुन ३,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ लाख खोप हराएको चर्चा चुलिएसंगै गत माघ १६ गते डा गुणराज लोहनीको संयोजकत्वमा गठित गति ५ सदस्यीय खोप छानबिन समितिले ५६ हजार ९०८ डोज खोप खेर गएको निष्कर्ष सहितको प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई बुझाएको छ ।

मन्त्री खतिवडालाई सोमबार समितिले प्रतिवेदन बुझाएपनि उक्त प्रतिवेदन आज मात्र सार्वजनिक गरिएको थियो । त्यस्तै सार्वजनिक प्रतिवेदनमा समितिले ४ करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको र यसमध्ये ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको व्यहारो समेत उल्लेख गरिनुको अलावा सरकारले खोपको बुष्टर डोज लगाउनेसम्बन्धी कुनै निर्णय नर्गदा समेत दोस्रो डोज खोप लगाइसकेका व्यक्तिले बुष्टर डोज लगाएको जिकिर गरिएको छ।

साथै प्रतिवेदनमा चन्द्रागिरि नगरपालिका,तारकेश्वर नगरपालिका, मकवानपुरको इन्द्रसरोवर लगायत ९ वटा स्थानीय तहले खोपको विवरण नबुझाएको उल्लेख गरिएको छ।