शुक्रबार, बैशाख १४, २०८१

सत्ता साझेदारदल राजमोको पनि एमसिसी प्रति विमति

काठमाडौ फागुन ८ ,
सत्ता साझेदार अर्को दल राष्ट्रिय जनमोर्चाले एमसिसीलाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ । सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज जारी विज्ञप्तिमार्फत पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति नभएको उल्लेख गर्दै आफ्नो दलको असहमत भएकाले गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी समेत नगराइएको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा देखिएको तीव्र मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहेको छ भनिएको छ ।