बुधबार, बैशाख २६, २०८१

एमसीसीको विपक्षमा उभिने सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जनाउ

काठमाडौ फागुन ८ ,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने जनाउ दिनुभएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने जनाउ दिनभएको हो ।

त्यस्तै उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध मात्र गरेका छैनन् यसवीचमा भएको प्रहरी दमनको भत्सर्ना सहित प्रदर्शनको क्रममा घाइते भएका हरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

साथै माओवादी अध्यक्ष प्रचण्डले सरकारले ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको जनाउ सहति हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु लेखिएको छ।