मङ्लबार, बैशाख १८, २०८१

यस्तो छ म.प. बैठकका १३ बुँदे निर्णय

काठमाडौँ माघ १८,
माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवम सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मन्त्रालयको प्रस्तावमा बैठकले १३ बुँदे निर्णय गरेको जानकारी दिनुभएकोछ । त्यस्तै सरकार प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमार्फत दिनुभएको जानकारी अनुसार बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैङ्कसँग १५० मिलियन अमेरिकी डलर [रु १७ अर्ब] सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले हसचिव रामेश्वर दङ्गाललाई सचिवमा बढुवा गर्ने निर्णयसंगै लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने गरेको बताउनुभयो । साथै नेपाली सेनाका हिमाल आरोहण दलका सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने, शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र गृहमन्त्रालयको प्रस्तावमा १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिनेलगायत निर्णय गरेको जानकारी दिनुभयो

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग साहलाई चार वर्षका लागि र नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धरलाई नियुक्त गर्ने दिने निर्णय संगै कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने लगायतका निर्णय भएको बताउनुभयो ।

यी हुन मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय :