मङ्लबार, बैशाख १८, २०८१

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ माघ १८,
सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसार पर्वको उपलक्ष्यमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा १९ गते बुधवार नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने उल्लेख छ । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार पर्वको अवसरमा विभिन्न कार्यक्रम गरी पर्व मनाउने गरिन्छ ।