मङ्लबार, बैशाख १८, २०८१

पश्चिमी वायुको बढ्दो प्रभाव : फेरि मौसमी प्रणालीमा थप उतारचढाव हुने

काठमाडौँ माघ १८,
जल तथा मौसम विज्ञान विभागले देशमा जारी पश्चिमी वायुको आंशिक प्रभाव बुधबार रातिबाट थप बढ्ने जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव बढेसंगै बुधवारबाट फेरि मौसमी प्रणालीमा थप उतारचढाव हुने जनाएको छ।

त्यस्तै विभागले पश्चिमी वायुको प्रभावकै कारण हाल पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु कुहिरो लाग्नुको अलावा कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको जनाएको छ।

त्यस्तै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श अन्र्तगत प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक९दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको अलावा देशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले यसवीचमा बढ्न सक्ने चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु अनुरोध समेत गरेको छ।

महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन  निम्नानुसार रहेको छ 

२०७८ माघ १८ गते  (मंगलबार)

दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

 राती : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

२०७८ माघ १९ गते  (बुधबार)

दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा  हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

२०७८ माघ २० गते  (बिहिबार)

दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ।कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केहि भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा  हल्का हिमपातको संभावना रहेको छ।

  राती : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश प्रदेशमा सामान्य बदली रहनेछ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केहि भूभागमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा  हल्का हिमपातको संभावना रहेको छ।