मङ्लबार, बैशाख १८, २०८१

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति तोकिने

काठमाडौँ माघ १८,
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको छ । छलफलको क्रममा प्रम देउवाले आयोगका पदाधिकारसंग एकै चरणमा स्थानीय तहको निर्वाचनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचन गर्ने मिति तोक्ने जानकारी आयोग स्रोतले दिएका छन ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई आयोगले गर्दै आएको ताकेता अनुरुप प्रम देउवाले यस्तो जानकारी दिनुभएकोहो ।

यद्यपी सोमबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका नेताहरुसंगको छलफलको क्रममा आगामी ४ मा सम्पन्न गर्ने गरि निर्वाचन तोक्ने जनाउ दिए अनुरुप आयोगका पदाधिकारी लाइ पनि सोहि मुताविकको जानकारीदिनुभएको बालुवाटार स्रोतले जनाएको छ।