बिहिबार, बैशाख २७, २०८१

मोरिससविरुद्ध आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी

काठमाडौँ माघ १८,
मोरिससविरुद्ध आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको छ । आजको खेलको शुरवाती चरणमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता लिएको नेपालको लागि यहि गोल विजयको सूचक बनेको हो ।

यसअघि शनिबार भएको पहिलो खेलमासमेत नेपालका लागि विमल घर्तीमगरले गरेको निर्णायक गोलसंगै नेपाल १ शून्यले विजयी भएको   थियो ।

आजको खेलमा खेलको क्रममा सिर्जित विवादका कारण नेपालका एक र मोरिससका दुई सहित ३ खेलाडीसंगै नेपालका अफिसियल विकास मल्लले समेत रातो कार्ड पाएका छन । रातोकार्ड संगै नेपाका १० खेलाडी र मोरिससका ९ खेलाडी मैदानमा रहेको थियो ।