बुधबार, बैशाख २६, २०८१

फेरि बढ्यो इन्धनको मूल्य: पेट्रोल प्रतिलिटर १४२

काठमाडौँ माघ १८,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको भन्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ ।

बढ्दो मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ पुगेको छ ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । निगमले केहि साता अघिमात्र इन्धनको मूल्य वृद्धि गरेको थियो ।