बुधबार, बैशाख २६, २०८१

पवनको मनकारी सहयोग : दाङ काँग्रेसलाइ १ लाख १० हजार ट्याब्लेट पारा सिटामोल

काठमाडौँ माघ १८,
पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंगै उपत्यका देखि मोफसलसम्म निहित स्वार्थका लागि अपराधजन्य प्ररिपञ्च सहित हुँदै आएको सिटामोलको कृतिम अभावबाट प्रताडित आम नागरिहरुको आवाजलाइ मुखरित गर्दै दाङ काँग्रेसलाइ १ लाख १० हजार ट्याब्लेट पारा सिटामोल उपलब्ध गराइएको छ ।

कोभिड जोखम बढेसंगै दाङ काँग्रेसले जिल्लाका प्रत्येक वडामा सचेतना सहित सञ्चालन गर्दै आएको मास्क वितरण अभियानको क्रममा वितरण गर्दै आएको मास्क र स्यानिटाइजरसंगै सिटामोल समेत वितरण गर्नका लागि औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले सिटामोल उपलब्ध गराउनुभएको हो ।

काङ्ग्रेसवृतमा नेतृत्वको राम्रो संभावना वोकेका युवा नेता समेत रहेका आचार्यले यसअघि पनि गृहजिल्ला दाङमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन । यसैका निरन्तरता अन्र्तगत काङ्ग्रेसको स्वास्थ्य जनचेतना अभियानलाई सघाउन यसपटक सिटामोल उपलब्ध गराएको आचार्यले  बताए ।

औषधि हस्तान्तरपछि हामीसंग संक्षिप्त टेलिफोन संवादको क्रममा युवा नेता आचार्यले मुलुकमा सिर्जित कोभिड संक्रमणको विषम अवधिमा मानवताका दृष्टिले पनि हामीले जसले जे सक्छौँ, जति सक्छौँ त्यो सहयोग गर्नु किन्चित पनि पछि पर्नु हुन्न, समस्यासँग जुध्ने एकमात्र आधार भनेकोनै सहकार्य र सहयोग भएको बताउदै अहिलेको समय भनेको आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ननका लागि  सहयोग गर्ने  भएको  बताए