मङ्लबार, बैशाख १८, २०८१

उपत्यकाका १९ सय ७ सहित देशभर थपिए ५,५८३ कोभिड संक्रमित ,९ को मृत्यु

काठमाडौँ माघ १८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र छ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरि कुल ५ हजार ५ ८३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ८ हजार २६७ जना उपचारपछि डिस्चार्ज भएको जानकारी दिनुका अलावा यसअवधीमा ९ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा १९ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको र यसमध्ये काठमाडौंमा १४०४, लतिलपुरका ३०५ र भक्तपुरमा १९५ जना रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार आज थपिएका नयाँ संक्रमितसंगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५३१ जना पुगेको जनाएको
छ।