मङ्लबार, बैशाख १८, २०८१

प्रतिगमनकारी शक्तिलाइ पराजित गर्न बनेको गठबन्धनलाइ थप मजवुत बनाउनुको विकल्प छैन : प्रचण्ड

काठमाडौं फागु १,
२७औँ जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

सम्बोधनको क्रमम जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै जनयुद्धका क्रममा बेपत्ता पारिनुभएका योद्धा, घाइते योद्धा र उहाँहरूका परिवारजनप्रति सम्मान व्यक्त गर्दै पछिल्लो समय फेरि लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति बनेको ५ दलीय बनेको गठबन्धन टुटाउन र सरकार गिराउन यो वा त्यो नाममा अनेकन चलखेल भइरहेको बताउनुभएकोछ ।

त्यसअर्थमा पनि प्रतिगमनकारी शक्तिलाइ पराजित गर्न बनेको गठबन्धनलाइ थप मजवुत बनाउनुको विकल्प नभएको भन्दै अध्यक्ष प्रचण्डले कुनै पनि दवाव र प्रभावमा पर्न आवश्यक नभएको बताउनुभयो । साथै परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहने भन्दै प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्नुभएको छ ।