मङ्लबार, बैशाख १८, २०८१

आजदेखि सवै शैक्षिक संस्था एवम् रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौं फागुन १ ,
पछिल्लो समय बड्दो कोभिड–१९को तेस्रो लहरको जोखिम संगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट सञ्चालन हुँदैछन् । तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी स्थानीय निकायको समन्वयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप र खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी सञ्चालन गर्न भनेको छ ।

त्यस्तै सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजबाट निश्चिित समयसिमा अर्थात राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्ने जिल्ला प्रशासनकार्याले आग्रह गरेको छ।