शुक्रबार, बैशाख १४, २०८१

एमसीसीको अनुमोदनसंगै सत्ता गठबन्धनमा देखिएको अन्यौलको अन्त्य भयो : प्रचण्ड

काठमाडौ फागुन १६,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्दै मिलिनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] प्रतनिधिसभा संसदबाट अनुमोदन भएसँगै राष्ट्रिय राजनीति र खासगरी गठबन्धनमा देखिएको अन्यौल अन्त्य भएको बताउनुभएको छ ।

यसवीचमा गठबन्धनमा देखिएको चिसोपनामा आफ्नो अभिष्ट पूरागर्न सल्बलाएका शक्तिहरु एमसीसी अनुमोदनसंगै हस्केको बताउनुभयो । साथै उहाँले अवका दिनमा सत्ता गठबन्धनलाइ थप मजवुत बनाउँदै सरकार सञ्चालन हुने उहाँले बताउनुभयो । साथै यसवीचमा सिर्जित गन्जागोल सहितको राजनीतिक अन्यौललाइ निकास दिने काम भएको भन्दै विगतमा नेकपाको सरकारमा पनि एमसीसीबारे निकास दिन खोजिएको जनाउ दिनुभयो ।

तर त्यसवीचमा पनि एमसीसीका विषय विवादित थियो । तथापी एमसीसी यथास्थितिमा पास गर्दा राष्ट्रघात हुन्छ भन्ने निष्कर्ष सहित झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवालीसहितका नेताहरुको कार्यदल बनाइएको उहाँले स्मरण गर्दै वर्तमान एमाले अध्यक्ष केपी ओलीको असहयोग संगै आफु पछाडी हटेको बताउनुभयो ।

स्मरण रहोस ,आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाउँदै  आएको  छ ।