शुक्रबार, चैत्र १६, २०८०

राजमोले गर्यो सत्ता गठबन्धनबाट अलग भएको घोषणा

काठमाडौं  फागुन १६ , 
सत्तासाझेदार दल राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालय बैठकले आइतवार संसद बैठकबाट एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा सहित सम्झौता अनुमोदन गरेको विषय प्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

बैठक पछि जारी विज्ञप्तिमा ‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पु¥याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनिमतको आधारमा त्यसलाई पारित गरियो । त्यस्तै अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनिमतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।’