बिहिबार, चैत्र १५, २०८०

थप १८० जनामा कोभिड सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं  फागुन १६ , 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरि १८० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसअवधीमा ४ सय जना सङ्क्रमणमुक्त भएको जनाएको छ भने थप १ जनाको मृत्यु  भएको जानकारी दिएको छ । आज पुष्टि भएको मृतकसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको सख्या ११ हजार ९३६ पुगेको छ ।