बुधबार, बैशाख २६, २०८१

आज ३ बजेका लागि तय भएको सत्ता गठबन्धनको विशेष बैठक साँझ ५ बजेका लागि सर्यो

काठमाडौं फागुन ५ ,
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भेटवार्ता भएको छ ।

उहाँहवीचको भेटवार्ताको क्रममा एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन आज अपरान्ह ३ वजे बस्ने गरि बुधवार तय भएको सत्ता गठबन्धनको विशेष बैठक साँझ ५ बजेका लागि बस्ने गरि सहमति भएको बताइएकोछ ।

बुधवार बसेको संसद बैठकमा सरकाले एमसीसी सम्झौता अनुमोदनको लागि टेवल गर्ने चर्चा संगै यसका विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो ।

यसैवीच बुधवार साँझ देखि प्रत्यक्ष् वा परोक्षरुपमा नेतारुवीच एमसीसीको विषयमा साझा धारणा बनाउन जारी संवाद निष्कर्षमा पुग्न नसकेको थाहा भएको छ। सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाए पनि बुधवार बसेको माओवादी केन्द्र लगायतका सत्तासाझेदाल दलको संसदीय दलको बैठकले दलहरूबीच सहमतिबिना एमसीसीले संसद्मा प्रवेश पाए सत्तारूढ गठबन्धन कमजोर हुने जिकिर सहित तत्काल एमसीसी टेबल नगर्न गरिएको आग्रहसंगै माओवादी केन्द्रका भ्रातृ सङ्गठनहरूले नयाँ बानेश्वरमा एमसीसीका विरोधमा प्रदर्शनका कारण    प्रम देउवा पछि हटेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031