मङ्लबार, बैशाख २५, २०८१

महानगरको वडा न १६ बाट नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

काठमाडौ फागुन ५,
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका(१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका- ९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।त्यस्तै प्रहरीले नक्कली नेपाली नोट सहित प्रक्राउ परेका अभियुक्त उपर थप अनुसन्धान भइरहेको उक्त जनाएको छ ।

यसैवीच महानगरीय प्रहरी वृत्त स्वयम्भूले काठमाडौं महानगरपालिका(१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिका-५ घर भएका २ जना १८र१८ वर्षीय किशोर रहेको जनाउदै पक्राउ परेका अभियुक्त उपर थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति अनुसन्धान भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031