सोमवार, बैशाख २४, २०८१

अमेरिकालाइ हिंसा भड्काउने विचार किमार्थ स्वीकार्य हुन सक्दैन : अमेरिकी दूतावास

काठमाडौं फागुन ६,

काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी सम्झौतालाइ लिएर नेपालमा पछिल्लो समय भइरहेको गतिविधी लक्षित हुँदै हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको बिषयमा पनि हाम्रो धारणा अविचलित रहेको भन्दै एमसीसीलाई लिएर हिंसा भड्काउने विचारलाइ अमेरिकालाइ किमार्थ स्वीकार्य नभएको बताएको छ ।

राजधानीको महाराजगंजस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुन नसक्ने बताएकोछ ।

त्यस्तै हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही भएको जिकिर गरेको छ।