सोमवार, बैशाख २४, २०८१

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन: पूर्वराजा शाह

काठमाडौं फागुन ६,

७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा मुलुकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुयाएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस हुदै आएको बताउनुभएको छ ।

साथै उहाँले मुलुकमा सिर्जना भएको यस किसिमको संकटापन्न अवस्थाकावीच सहि निासका लागि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समिक्षा गर्न अब हामी सबै नेपाली तयार हुनु पर्दछ भन्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताउनुभएको छ।

त्यस्तै शुभामना सन्देशमा पूर्व राजा शाहले अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन नसक्ने जिकिर संगै जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्रको मुल्य मान्यता नभएको उल्लेख गर्दै पछिल्लो समय अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुयाई रहेको छ, भन्ने विचारणीय प्रश्न हामीसामु रहेको र आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस भन्ने काममना समेत गर्नुभएको छ ।