शुक्रबार, बैशाख १४, २०८१

१६ जिल्लाको काँग्रेस जिल्ला अधिवेशन फेरि सर्यो

काठमाडौं पुस २१,
नेपाली कांग्रेसको आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सरेको छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको भए पनि १६ जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण अधिवेशन सार्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी विज्ञप्तिमार्फत जनाएको छ।

यसअघि निर्वाचन समितिले आगामी पुस २७ गते हुने कार्यतालिका सहितको सूचना जारी गरेको थियो । निर्वाचन हुन बाँकी जिल्लमा प्रदेश २ का ८ जिल्ला सहित चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन ।