बिहिबार, चैत्र १५, २०८०

दिनानुदिन ह्वात्तै बढ्यो रफ्तारमा कोभिड संक्रमित, स्थिती जटिल बन्दै

काठमाडौं पुस २१,
पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६ हजार ७१५ जनाको पीसीआर परीक्षणको क्रममा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षणको क्रममा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय कोभिड संक्रमितको सख्या बढ्ने क्रम निरन्तर बढ्दो रहेको जनाउदै आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सवैमा आग्रह समेत गरेको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो समय देशभर कोभिड संक्रिय संक्रमितको सख्या ५हजार २२५ रहेको जानकारी दिदै यसमध्ये ८४ जना आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारीदिएकोछ । त्यस्तै यसवीचमा संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने संक्रमणबाट कसैको मृत्यु नभएको जनाएके छ ।